एजेन्सी । तान्त्रिकको प्रलोभनमा परेर एक व्यक्तिले सन्तानको लोभमा नाबालिग बालिकाको बलि दिएका छन् । आइतबार राति दक्षिण कोलकाताको तिलजलास्थित अभियुक्तको घरबाट सात वर्षीया बालिकाको शव फेला परेको थियो ।
यी नाबालिग केटी आफ्नो छिमेकीकी छोरी थिइन् । जुटको बोरामा राखिएको शवको टाउकोसहित विभिन्न अंगमा चोटका निशान थिए । बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अभियुक्तको नाम आलोक कुमार हो ।
आरोपी बिहारका बासिन्दा हुन् । उनी कोलकातामा काम गर्थे । सोधपुछका क्रममा अभियुक्तले तान्त्रिकको निर्देशनमा बालकको बलि दिएको स्वीकार गरेका छन् ।
तान्त्रिकले नाबालिग बालिकाको बलि दिएर सन्तान पाउने बताएका थिए । तान्त्रिक पनि बिहारका हुन् । उनलाई पक्राउ गर्न प्रहरी टोली सोमबार बिहार प्रस्थान गरेको छ । अभियुक्तमाथि थप अनुसन्धान भईरहेको छ ।
आफ्नी श्रीमतीले तीन पटक गर्भपतन गरेको अभियुक्तले प्रहरीसमक्ष स्वीकार गरेका थिए । त्यसपछि उनले तान्त्रिकसँग सम्पर्क गरे । तान्त्रिकले समाधानको उपाय भएपनि धेरै गाह्रो रहेको बताए । त्यसपछि उनले नाबालिग बालिकाको बलिदान दिए सन्तान हुने बताएका थिए ।
मृतक बालिकाका अभिभावकका अनुसार आइतबार बिहान उनलाई नजिकैको डस्टबिनमा फोहोर फाल्न पठाइएको थियो । र त्यसयता उनी बेपत्ता थिइन् । प्रहरीलाई खबर गरियो र प्रहरीले बालिका वा उनको शव नजिकैको घरमा लुकाएर राखेको हुन सक्ने आशंका गरेको थियो ।
इलाकाका सबै घरमा खोजी अभियान चलाएको थियो र अन्ततः आइतबार राति आरोपीको घरबाट शव फेला परेको थियो । त्यसपछि आरोपी पक्राउ परेका हुन् ।