काठमाडाैं । नेपाल वायूसेवा निगमले अगामी मेको अन्तिम हप्ताबाट गौतम्बुद्ध बिमानस्थलबाट मलेसियाको क्वालालम्पुर र भारतको दिल्ली उडान शुरु गर्ने तयरी गरेको छ ।
निगमले भारतको राजधानी दिल्ली र पुर्बी एसियाली देश मलेसियामा हप्ताको एक/एक उडान गर्ने गरी तयारी वायुसेवा निगमले गरेपछि यहाँ पर्यटन व्यवसायी उत्साही भएका छन् ।
आवश्यक उडान अनुमती, जनशक्ति, प्राविधिक तयारी, बजारीकरण लगायत कार्यलाई तीव्रता दिइएकाे निगमका प्रवक्ता रमेश पाैडलले बताउनु भयाे l
उहाँका अनुसार सुरक्षित रूपमा उडानकाे लागि कार्यकारी अध्यक्ष यूबराज अधिकारीले वाणिज्य विभागका उप निर्देशक सन्तोश पाण्डेको नेतृत्वमा एक स्पेशल टास्क फोर्श समेत गठन गर्नुभएकाे छ ।
उहाँले भन्नुभयाे,’आवश्यक उडान अनुमतिको लागि सम्बन्धित देशहरूमा समन्वयको कार्य अगाडि बढाइसकेको र अनुमती आउनासाथ बूकिङ खुल्ला गरिने छ, हाल हप्ताको एक उडान बाट शुरु गरि बजार माग अनुसार उडान बढाउदै लगिने योजना रहेको छ।’