काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएपछी काठमाडौँको जडिबुटी क्षेत्रमा निकै ठुलो खैलाबैला मच्चिएको छ ।
विमानस्थलबाट उड्ने बित्तिकै विमानमा आगोको मुस्लो देखिएको थियो ।त्यसअघि ठुलो आवाज आउँदा कोटेश्वर जडिबुटी क्षेत्रका मानिसहरु अंकित बनेका थिए । घटनाबारे विमानस्थलका अधिकारीहरुले विष्तृत जानकारी दिएका छैनन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको एक इञ्जिन फेल भएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले आर्थिकन्युजलाई जानकारी दिए ।
उनका अनुसार विमान उडेको केहि बेरमा नै विमानको इञ्जिन फेल हुँदा ठूलो आवाज आएको र विमानका क्रूले केहि बेरमा पुन विमान सहि अबस्थामा आएको र अहिले अपरेसनमा रहेको छ ।
उनीहरुले उडेको केहिवेरमै इञ्जिन फेल भएपछि सो बिमान अवतरण गर्न लागेको बताएका छन् । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । घटनामा के कस्तो क्षति भयो भन्ने पूर्ण जानकारी प्राप्त भएको छैन ।