काठमाडौँ । फ्लाइ दुबईको प्राविधिक समस्या देखिएको जहाजमा १६९ जना यात्रु रहेको पुष्टि भएको छ । त्रिभुवन विमानस्थल स्रोतले जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेको जानकारी दियो ।
जहाज दुबईका लागि त्रिभुवन विमानस्थलबाट उड्ने बित्तिकै प्राविधिक समस्या आएको थियो । जहाजमा आगोको झिक्कासहित आकाशमै विस्फोटको आवाज सुनिएको थियो ।
Call sign Fz 576 नम्बरकाे उक्त्त जहाज अहिले पनि आकाशमै रहेको र विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको छ। विमानस्थलबाट उड्ने बित्तिकै विमानमा आगोको मुस्लो देखिएको थियो ।त्यसअघि ठुलो आवाज आउँदा कोटेश्वर जडिबुटी क्षेत्रका मानिसहरु अंकित बनेका थिए । घटनाबारे विमानस्थलका अधिकारीहरुले विष्तृत जानकारी दिएका छैनन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको एक इञ्जिन फेल भएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले आर्थिकन्युजलाई जानकारी दिए ।
उनका अनुसार विमान उडेको केहि बेरमा नै विमानको इञ्जिन फेल हुँदा ठूलो आवाज आएको र विमानका क्रूले केहि बेरमा पुन विमान सहि अबस्थामा आएको र अहिले अपरेसनमा रहेको छ ।