काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता कायमै राख्नु भएको छ ।
पछिल्लो समय ६० हजार ६ सय ७३ मत गणना हुँदा लामिछानेले ४३ हजार १ सय १ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ९ सय ५२ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७ सय ८७ मत प्राप्त गर्नुभएको छ ।
चितवन २ मा आइतबारको उपनिर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।
गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरी विजयी हुनु भएको थियो । उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत प्राप्त गर्नुभएको थियो ।