फ्लाई दुबईको जहाजमा समस्या आएपछि नेपालको आकाशमै होल्ड भएको जहाज पुन: दुबई तर्फ प्रस्थान गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुबई तर्फ प्रस्थान भएको जानकारी दिएका हुन्।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२३मा उडेको जहाजको एउटा इन्जिनमा आगलागी भएको थियो। काठमाडौं र ललितपुरबाट उक्त जहाजमा आगो लागेको समेत देखिएको थियो।
फ्लाइ दुबईको प्राविधिक समस्या देखिएको जहाजमा १६९ जना यात्रु रहेको पुष्टि भएको छ । त्रिभुवन विमानस्थल स्रोतले जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेको जानकारी दियो ।
जहाज दुबईका लागि त्रिभुवन विमानस्थलबाट उड्ने बित्तिकै प्राविधिक समस्या आएको थियो । जहाजमा आगोको झिक्कासहित आकाशमै विस्फोटको आवाज सुनिएको थियो । Call sign Fz 576 नम्बरकाे उक्त्त जहाज अहिले पनि आकाशमै रहेको र विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको छ।