काठमाण्डौं । काठमाण्डौंका मेयर बालेन शाहले काठमाण्डौं महानगरपालिका भित्र भ्रष्टाचार भएको हेर्न नसक्ने र यस्तो गरेको देखे सिधै सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन ।
उनले सामाजिक संजालमा टुईट गर्दै भनेका छन “हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ हाम्रो अधिकार क्षेत्र काठमाण्डौ महानगरपालिका कार्यालयमा कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नुहोला भिडियो अडियो सहित ।
कसैले बिना प्रमाण यस्ले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला हामीलाई ९८६३५९२०११ मा व्हाट्स अप मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ ।
यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिने छ । लेखेका छन ।
हेर्नुहोस् यो भिडियो:-