करिब डेढ दशक अघिसम्म सात गाउँ डुल्दा अपबादमा बाहेक एक जना सुगर (मधुमेह) का रोगी भेटिन्थेन।अहिले प्रत्येक एक घर छोडेर अर्को घरमा सुगरका बिरामी भेटिन्छन् । त्यसैले त आजभोली अस्पतालका साहुजी धनी भईराखेका छन् । अनि हामी बिरामी भएर दुःख,कष्ट र अनेकौं हैरानी पाएर उपचार गर्दा पैसाको बर्बादी गरिरहेका छौं।
बीस-पच्चीस बर्षकै उमेरका युवतीहरुले थाइराइडको ( thyroid) नियमित औषधीहरु खाईरहेका छन्।यो सब हाम्रो अब्यबस्थित जीवनशैली र हामीले खाने गलत खानपिनको नतिजा हो।
आजभोली हाम्रो घर,भान्सामा अत्याधिक प्रशोधित खानेकुरा पाक्छ।खाजामा चाउमिन,पास्ता र चाउचाउ हाम्रो प्रिय हुन्।जस्मा शरीरको लागी चाहिने पोषकतत्व नै हुँदैन । यिनीहरु पत्रु खानेकुरा हुन्।
तौल घटाउँन भात छोडेर बजारमा पाईने मैदाको रोटी पकाएर खान्छौं । तौल घटाउँन भातको विकल्पमा खाईने मैदाको रोटी झन् घातक हो । सकिन्छ भने गहुँ किनेर आफैले मिलमा गएर पिसेको रोटी खाने गरौं । हुन त भात गहुँ दुवैमा उत्तिकै कार्बोहाइड्रेड हुन्छ । भातमा पोषकतत्वको मात्रा कम हुन्छ भने रोटीमा अलिक धेरै हुन्छ।
रेस्टुरेण्टमा पिज्जा,बर्गर र स्याण्डबिच खान्छौं । कहिलेकाही त ठिक छ । अहिले शहर बजारका मानिस ‘फास्टफुड कल्चर’ मा अभ्यस्त भईसके।
हामीले पैसा तिरेर स्वास्थ्य खराब बनाउँने अत्याधिक चिनी र केमिकल मिसाईएको कोक,फ्यान्टा पिउँछौं । जुसको नाममा फ्रुटी,रियल जस्ता केमिकल र फ्लेवर मात्र मिसाईएको स्वास्थ्य लाई झन् असर गर्ने कुराहरु पिईरहेका हुन्छौं ! कहिलेकाही त ठिकै छ।घरको फ्रिजमा jumbo coke,fanta ल्याएर राख्ने चलन छ ।दही,मोही र कागती पानीमा कसैलाई रुची नै छैन।
आजको ब्यस्त दैनिकीमा हामीले चाहेर पनि सबैकुरा बर्जित गर्न गार्हो नै होला ! तर,कम गर्न सकिन्छ । यस्तो कुरा आफ्ना बच्चाहरुलाई सम्झाउने,बुझाउँने गरे उनीहरुको पनि स्वास्थ्य राम्रो होला ! हाम्रो शरीरमा रोग नलागेमा आफूले पनि आनन्दको जीवन बाँच्न सकिन्छ।घर,परिवार,समाज र सिंगो देशकै लागी राम्रो कुरा हो।
जिब्रोको स्वादको लागी मिठो खाएर स्वास्थ्य बिगार्ने की कम मिठो तर शरीरलाई असर नगर्ने चीजहरु खाएर स्वास्थ्य जोगाउँने त्यो हामी आफैमा भर पर्ने कुरा हुन्।
यश जीवनोपयोगी सामाग्री राम ढुँगानाले आफ्नै फेसबुकका मित्रहरूका लागि लेख्नुभएको हो।