गैर जिम्मेवार पति त्यसमाथी महिला हिंसा गर्ने। दिनरात कुटाई खादाखादा जीवनदेखी नै हरेस खाईसकेका केही महिलाले इजरायलमा गएर काम नगरेका भए कसरी आफ्ना छोराछोरीलाई नर्स र डाक्टर समेत बनाउँन सक्थे होला र ? उनीहरुले आफ्ना सन्तानलाई उच्च शिक्षा पढाउँन अमेरिका,अष्ट्रेलिया र क्यानडा जस्ता विकसित देशमा पठाएका छन्।
बाआमाको लागी घर बनाईदिएका छन्।बाआमा बिरामी हुँदा सुविधासम्पन्न अस्पतालमा उपचार गराएका छन्।आफ्ना भाई-बहिनी पढाएका दाई-भाईका सन्तानलाई समेत हेरेर कतिले त आफ्नो बिहे समेत गर्ने बिर्सिएका छन्।
म अहिले झसंग भएको छु।म इजरायल गएकै कारणले केही जोड्न सकेको छु।नभए म बाउ-बाजेले दुःख गरेर जोडेको सम्पत्ती समेत सिध्याएर भौतारी रहेको हुने रहेछु।
इजरायलले नेपालीलाई कामदार मात्र बनाएर लैजादैन।त्यहाँको आधुनिक खेती प्रणाली सिकाउँन पनि लैजान्छ।अस्ति हमासले हत्या गरेका बिध्यार्थीहरु त्यस्तै हुन्। इजरायलले नेपाललाई आधुनिक खेती प्रणालीद्धारा खेती गर्न प्रोत्साहन गरिरहेको छ।नेपालको शासकहरु गतिला भईदिएका भए इजरायल सँग सहकार्य गरेर कृषीमा लगानी गरेमा नेपाल त्यसैबाट धनी बन्न सक्छ।
को लडाईमा छ को लडाईमा छैन।को दोषी हुन् कुन् निर्दोष थाहा नपाई जोसुकै भेट्टाएपनी ड्याम-ड्याम गोली हानेर मार्न मात्र जानेका ती आतंककारी हमास जस्ले हाम्रा कलिला दश जना युवा भाईहरुको हत्या गरे तिनी अपराधीहरुलाई कुन मनले समर्थन गर्नू ! यस्ता अपराधी तह लगाउँन भएपनि मध्यपूर्वमा इजरायल देशको अस्तित्व हमेशा रहिरहन पर्छ। त्यसमाथी इजरायल नेपाल देशको एक असल मित्रराष्ट्र हो।एक मित्र राष्ट्रले अर्को मित्र राष्ट्रलाई अफ्ठ्यारोमा पर्दा केही नसकेपनी नैतिक समर्थन गर्न जरुरी छ।
यो लेख राम ढुङ्गानाको फेसबुक स्टाटसबाट लिईएको हो ।