काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ र ५४ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ २४ पैसा , पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ र ३० पैसा बिक्रीदर १६६ रुपैयाँ ४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्री दर ८६ रुपैयाँ ८५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।
बिस्तृतमा हेर्नुहोस्ः