काठमाडौँ, २९ भदौ । झापाको अर्जुनधारा नगरपालिकामा हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार राति अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ ।
लोहोर हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई पक्राउ गरेको हो । लोहारलाई पटकपटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।
छुरा प्रहारबाट घाइते लोहारको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।