बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाबीचको सम्बन्धलाई लिएर पछिल्लो समय विभिन्न चर्चा भइरहेका छन्। यसैबीच सुनीताको गा’लीगलौज गर्ने शैलीलाई लिएर गोविन्दाले असन्तुष्टि जनाएका छन्।
गोविन्दाले सुनीतालाई सम्बोधन गर्दै आफ्नै परिवारका सदस्य, विशेषगरी आमा र बहिनीलाई लिएर गा’ली गर्ने वा अ’पशब्द प्रयोग गर्ने भाषा नबोल्न आग्रह गरेका छन्।
उनले परिवारका सदस्यलाई लिएर यसरी अ’पशब्द प्रयोग गर्दा त्यसले अन्ततः आफ्नै परिवारको प्रतिष्ठामा असर पार्ने बताएका छन्। कसैले आफ्नी आमा वा बहिनीलाई गा’ली गर्दा आफूलाई कस्तो लाग्छ भन्ने कुरा पनि बुझ्नुपर्ने उनको भनाइ छ।
सुनीता भने आफूलाई कसैले गा’ली गरेमा चुप लागेर बस्ने स्वभावको नभएको बताउँदै आएकी छन्। आफूलाई जसले जस्तो व्यवहार गर्छ, आफूले पनि त्यसैअनुसार जवाफ दिने उनको भनाइ छ।
सुनीताको आक्रामक अभिव्यक्ति र त्यसप्रति गोविन्दाको असन्तुष्टिपछि उनीहरूको पारिवारिक सम्बन्ध फेरि चर्चामा आएको हो। गोविन्दा र सुनीताको वैवाहिक सम्बन्ध, सुनीताका सार्वजनिक अभिव्यक्ति तथा गोविन्दाको कथित प्रेम सम्बन्धलाई लिएर यसअघि पनि विभिन्न चर्चा हुँदै आएका छन्।

























