दैलेखका स’डकहरूमा गीत गाउँदै पै”सा मागेर हिँड्ने साना तीन भाइ— सुनिल बादी, विकास बादी र सुमन बादी आज आठ वर्षपछि देशकै चर्चित कार्यक्रम ‘इन्द्रेणी’को मञ्चमा उभिएका छन्। गीत गाउनमा निकै सिपालु यी तीनै जना भाइहरूले इन्द्रेणीको मञ्चमा आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेर सबैको मन जितेका छन्।

अभाव र संघर्षका बीच पनि कक्षा १० सम्मको अध्ययन पूरा गरेका उनीहरूमा अझै अगाडि पढ्ने ठूलो इच्छा छ। त्यसैले उनीहरू सहयोगभन्दा पनि “हामीलाई कसैले रोजगारी दिए हुन्थ्यो, हामी काम गर्दै पढ्न चाहन्छौँ” भन्दै आफ्नो भविष्य बनाउने चाहना व्यक्त गर्छन्।
स’डकको कठिन यात्रा पार गर्दै आफ्नै प्रतिभा र मेहनतले यहाँसम्म आइपुगेका यी प्रतिभाशाली तीनै जना भाइहरूको उच्च शिक्षा, रोजगारी र आगामी सांगीतिक यात्राको सफलताका साथै उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना!❤️👏

























