मुस्ताङ यात्रामा निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) धादिङको गजुरीस्थित नेपाली सेनाको भैरव गणमा केही समय रोकिएका छन्।

कसैलाई पूर्वजानकारी नदिई निजी यात्रामा निस्किएका प्रधानमन्त्री शाह उक्त गणमा करिब २० मिनेट रोकिएका हुन्।
प्रधानमन्त्री शाह गजुरी पुग्दा नेपाली सेनाबाहेक जिल्लाका अन्य सुरक्षा निकायलाई समेत पूर्वसूचना नभएको सुरक्षा स्रोतले जनाएको छ। भैरव गणमा करिब २० मिनेट बिताएपछि उनी मुस्ताङतर्फ प्रस्थान गरेका छन्।

























