नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको बचाउ गर्दै एमाले र कांग्रेसमाथि कटाक्ष गरेका छन्।

जनताको अपेक्षाअनुसार सरकारले काम गरिरहँदा पनि एमाले–कांग्रेसले विरोध मात्रै गरिरहेको उनको आरोप छ। एमाले–कांग्रेसलाई खुसी पार्न बालेन प्रधानमन्त्री नबनेको भन्दै चौधरीले सरकारका कामबाट जनता सन्तुष्ट रहेको दाबी गरेका छन्।
उनले भनेका छन्, “अचम्म लाग्छ! जनअपेक्षाअनुसार काम गर्दा पनि एमाले–कांग्रेसले बालेन सरकारको विरोध मात्रै गरिरहेको देख्छु। उनीहरूलाई खुसी पार्न बालेन प्रधानमन्त्री बनेका होइनन्। हुन त उनीहरूको कामै विरोध गर्ने हो। तर सरकारका कामसँग जनता खुसी छन्।”

























