कम्तीमा एकछिन त उहाँलाई आफ्नो निजी समय र व्यक्तिगत जीवनमा एक्लै हिँड्न दिनुहोस्।-ज्ञानेन्द्र शाही

सांसद ज्ञानेन्द्र शाहीले फेसबुकमा लेख्दै भनेका छन्– प्रधानमन्त्रीले मुस्ताङ जाँदा सुरक्षाकर्मी लिएर गएनन् भनेर सामाजिक सञ्जालमा खुब हल्ला चलिरहेको छ।
प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो। निजी भ्रमणमा पनि सुरक्षाकर्मीको लावालस्कर नै लिएर हिँड्नुपर्छ भन्ने छैन।
कम्तीमा एकछिन त उहाँलाई आफ्नो निजी समय र व्यक्तिगत जीवनमा एक्लै हिँड्न दिनुहोस्। हरेक कुरालाई राजनीतिक विषय बनाएर हल्ला गर्न आवश्यक छैन।

























